Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
कार्यक्रम 'लाहुरे गाथा'

  लाहुरे अर्थात लाहोरमा जाने ब्यक्ति । अहिले पाकिस्तानमा पर्छ लाहोर । पाकिस्तान र भारतको सिमाना छुटिनुअघि लाहोरमा सैनिक क्याम्प थियो । लाहोरमा गएर फर्किएकालाई लाहुरे भनेसंगै लाहुरे नाम प्रख्यात बन्यो । उनीहरुको छुट्टै कथा, ब्यथा अनि गाथा पनि छ । आमाको कोखवाट जन्मेर आफ्ना साथीसंगी र भीरपहरासंग राम्रोसंग घुलमिल र चिनजान पनि हुन नपाई पर्राईको आँगनमा गोलाबारुद्धसंग लड्दा र खुकुरीको धारमा हिँड्दाको पीडा सोँच्ने हो भने, साँच्चै कस्को आँखा नरसाउला र । तर, पनि लाहुरेको पीडा र ब्यथा बुझ्नेहरु कमैमात्रामा छन् । 

हामी इन्डिया र पाकिस्तामा दुःख पाएकाहरुलाई मात्र लाहुरे भन्ने पक्षमा छैनौँ । लाहुरे शब्दको ब्यापकतासंगै सेनाको वर्दी लगाएर जुनसुकै ठाउँमा गएर लडाइँ लडेर आफ्नो माटोमा फर्केका गोर्खाली दाजुभाइलाई लाहुरे भन्छौँ । 
विदेशको पीडालाई सहेर स्वदेशका माटो सम्भिmँदै कतिपयले रगत र पसिनासंगै आँशुका धारा बगाए । र पनि रगत र पसिनाको अबहेलना गर्नेहरु पनि यहाँ नभएका होईनन् । त्यसैले लाहुरेको सत्य, यथार्थ र गाथाका कुरालाई सवैमाझ पुर्‍याउने अभियानमा हामी लाग्यौँ । 
हाम्रो समाज, कुरा काट्ने समाज । लाहुरेका कुरा काट्नेहरु पनि धेरै छन् तर, उनीहरुले बगाएको पसिना र रगतलाई सम्भिmने पनि नभएका होईनन् । एउटा सैनिक अनुशासन भित्र रहेर धेरै बर्षसेनामा काम गरि फर्केका लाहुरे कोही शरबजारमा मोजमस्तीको जीवन विताईरहेकाछन् त कोही सामाजिक क्रियाकलापमा लागेकाछन् । कोही गाउँघरमा गाईवस्तुको पछि हिँडिरहेकाछन् । खेतवारीमा हलो र कोदालो समाईरहेकाछन् । तर, उनीहरुको पीडा बुझिदिने त परै जाओस्, लाहुरमा आफूले गरेका काम र कमाएको बहादुरी सुनिदिने कोही पनि छैनन् । त्यतिमात्र नभएर आफ्नो परिवारको पालनपोषण गर्नकै लागि लाहुरमा गएर बम, गोलाबारुद्धसंग लड्नेहरु कतिपयले ज्यान गुमाईसकेका छन्, परदेशमा होस् या स्वदेशमा । लाहुरवाट पेन्सन आएपछिको शारीरिक-मानसिक समस्याले ग्रस्त भई कम उमेरमा अकालमै ज्यान जानेहरु पनि नभएका होईनन् । दुःखको कुरा, उनीहरुले र्सार्वजनिक रुपमा आफ्ना दुःख कष्टलाई अभिब्यक्त गर्न पाएनन् । त्यसैले हाम्रो प्रयास, लाहुरमा धेरैभन्दा धेरै दुःख पाएका लाहुरेहरुको कथा, ब्यथा अनि गाथालाई आवाजमार्फ तपाइँहरुसमक्ष पुर्‍याउने प्रयास । 
तपाइँ जहाँ हुनुहुन्छ, हामी त्यहीँ हुनेछौँ । लमजुङ जिल्ला र आसपासका जिल्लाहरुमा हामी प्रिmक्वेन्सी मोडुलेसनको ९१.४ मेगाहर्जमा सुन्न सक्नुहुने छ, र संसारको जुनसुकै कुनामा पनि इन्टरनेटमा www.radiochautari.org  मा हामीलाई सुन्न सक्नुहुनेछ ।
रेडियो चौतारी ९१.४ मेगाहर्ज र्रर् इन्टरनेट अनलाईन www.radiochautari.org मा एकसाथ सुन्न सकिने एकमात्र लाहुरे दाजुभाइको कथा बोकेको कार्यक्रम 'लाहुरे गाथा' हरेक साताको आईतवार नेपाली समय अनुसार राती सवा ९ देखि १० बजेसम्म प्रशारण हुन्छ । साथमा हुनेछ प्रस्तोता आश गुरुङ ।
कार्यक्रमका लागि हामीलाई सुझाव सल्लाह र सन्देश पठाउनुहुन हामी हार्दिक अनुरोध गर्दछौँ । यसका लागि हाम्रो ठेगाना, कार्यक्रम लाहुरे गाथा, रेडियो चौतारी ९१.४ मेगाहर्ज, वेसीशहर-१, लमजुङ । फोन नम्बर ०६६-५२११८३, ५२११८४ र ५२११८५ र्।र् इमेलः chautarifm@gmail.com अथवा newslamjung@gmail.com। हामी तपाइँको अमूल्य सुझवा, सल्लाह र सन्देशको पखाईमा रहनेछौँ । 
program schedule
सौर्न्दर्य
2.30PM - 3.00PM
नेपाल खबर
3.00PM - 3.15PM
चौतारी खबर
6.30PM - 7.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
अतितका पानाहरु
9.15PM - 10.00PM
View all
PUBLIC POLL

Loading...