Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
सुन्दरबजार खानेपानी प्रशोधन केन्द्रको मन्त्रीद्धारा उद्घाटन

 आश गुरुङ, लमजुङ, जेठ ६ गते ।

लमजुङको नगरोन्मुख सुन्दरबजारका वासिन्दाले शुद्ध खानेपानीको उपभोग गर्न पाएकाछन् । सुन्दरबजारमै खानेपानी गुणस्तर तथा सुधार आयोजनाको निर्माणकार्य पुरा भएपछि स्थानीयवासिन्दाले सोमवारदेखि शुद्ध खानेपानीको उपभोग गर्न पाएका हुन् ।
नेपाल सरकार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लमजुङको सहयोग र स्थानीयवासिन्दाको जनसहभागितामा सुन्दरबजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको गुणस्तर सुधारका लागि प्रशोधन केन्द्रको निर्माण गरेको छ ।
प्रशोधन केन्द्रका निर्माण पुरा भएसंगै सुन्दरबजारका घरघरमा सोमवारदेखि शुद्ध खानेपानी वितरण गरिएको छ । तर, सुन्दरबजार गाउँ विकास समिति वडा नम्बर ७ मा भने प्राविधिक कारणले खानेपानी वितरण गर्न नसकिएको सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले  जनाएको छ ।
नेपाल सरकारको ८० प्रतिशत र स्थानीय उपभोक्ताको २० प्रतिशत सहभागिता गरि १ करोड ७२ लाख ९० हजार २ सय ४ रुपैँयाको लागतमा खानेपानी प्रशोधन केन्द्रको निर्माण गरिएको हो । खानेपानी प्रशोधन केन्द्रको हिजो एक कार्यक्रमकाबीच कृषि विकास, बन तथा भू संरक्षण मन्त्री टेकबहादुर थापार्घर्तीले उद्घाटन गर्नुभएको छ । उहाँले सुन्दरबजार गाउँ विकास समिति वडा नम्बर ३ को पुरान्डीमा निर्माण गरिएको खानेपानी प्रशोधन केन्द्रमा पुगेर उद्घाटन गर्नुभएको हो ।
आर्थिक वर्ष२०६७/०६८ बाट शुरु गरिएको खानेपानी प्रशोधन केन्द्र गत असारमा सक्ने योजना रहेपनि प्राविधिक कारणले ढिला भएको सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ । किरिञ्चे खोलाबाट साढे ९ किलोमिटरको पाइप लाइनबाट ल्याईएको पानी सुन्दरबजार गाउँ विकास समिति वडा नम्बर ३ को पुरान्डीमा निर्माण गरिएको खानेपानी प्रशोधन केन्द्रमा खसालिएको छ । आयोजनाको वितरण लाइन १४ दशमलब ६५ किलोमिटर रहेको छ । आयोजनाबाट सुन्दरबजारका ७ सय ७५ धारामा खानेपानी वितरण गरिएको छ । ट्यांकीमा खसेको पानीलाई विभिन्न प्रविधि र चरणमा प्रशोधन गरी सत प्रतिशत शुद्ध गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लमजुङकार् इन्जिनियर कमल अर्यालले वताउनुयभयो ।
आर्थिक बर्ष२०५३/०५४ मा र्सर्भे भएर भएर १० बर्षछि आर्थिक बर्ष२०६३/०६४ मा २ करोड ११ लाख रुपैयाँको लागतमा निर्माण भएको खानेपानी आयोजनाको अहिले प्रशोधन केन्द्रको निर्माण गरिएको हो । सुन्दरबजारका उपभोक्ताले यसअघि मुहानबाट आएको पानी सिधै उपभोग गरिरहेकोमा अब मुहानबाट आएको पानी प्रशोधन भई शुद्ध भएपछि मात्र सेवन गर्न पाएकोमा खुसी ब्यक्त गरेकाछन् ।
खानेपानी प्रशोधन केन्द्रको उद्घाटनसंगै सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो साधारण सभाको समेत आयोजना गरिएको छ । साधारण सभाको मन्त्री टेकबहादुर थापार्घर्तीले एक कार्यक्रमकाबीच लमजुङ कृषि क्याम्पसमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विकास निर्माणमा सरकारी लगानीसंगै स्थानीयवासिन्दा एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । आफू पनि लमजुङको वासिन्दा भएकाले भावानात्मक र्साईनो जोडिएको भन्दै मन्त्री थापाले लमजुङको विकास निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य देवेन्द्र पराजुली, नेकपा एमाले केन्द्रीय सर्म्पर्क विभागका सचिव डाक्टर भीष्म अधिकारी, नेपाली कांग्रेस केन्द्रीय संगठन विभाग सदस्य चन्द्रबहादुर कुँवर, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख केशवलाल शाक्य लगायतले मन्तब्य राख्नुभएको थियो । सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शिवकुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका उपाध्यक्ष केदारप्रसाद सेढाइँले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण समितिका सचिव नवराज श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका निमित्त महानिर्देशक रामचन्द्र देवकोटाले खानेपानी उपभोक्ता समितिलाई आयोजनाको स्वामित्व हस्तान्तरण गर्नुभएको थियो । उपभोक्ता समितिको कार्यालयमा रहेर्रर् इमान्तारितापर्ूवक काम गरेको भन्दै संस्थाका स्टोरकिपर सुजता रेग्मीलाई पुरस्कृत गरिएको थियो । यस्तै, आफूले खानेपानीको सुविधा नपाएपनि खानेपानी प्रशोधन केन्द्र निर्माणका लागि भरपूर सहयोग पुर्‍याएको भन्दै शान्ता मगरलाई सम्मान गरिएको थियो । 
program schedule
कार्यक्रम शुरु
5.15AM - 5.30AM
भजनहरु
5.30AM - 6.00AM
कायाकैरन
6.00AM - 6.30AM
चौतारी खबर
6.30AM - 7.00AM
सुखद विहानी
7.00AM - 7.30AM
View all
PUBLIC POLL

Loading...