Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
सुन्दरबजारमा डिन कार्यालय स्थापना गर्ने कृषिमन्त्री थापाको प्रतिवद्धता

 आश गुरुङ, लमजुङ, जेठ ६ गते ।

कृषि विकास, बन तथा भू्संरक्षण मन्त्री टेकबहादुर थापार्घर्तीले लमजुङ कृषि क्याम्पसमा डिन कार्यालय स्थापना गर्नका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसले सोवार आयोजना गरेको एक कार्यक्रममा मन्त्री थापाले डिन कार्यालय स्थापनाका लागि आन्तरिक पहल समेत भईरहेको जानकारी दिनुभयो । डिन कार्यालय स्थापनाका लागि आफ्नो प्रतिवद्धता जाहेर गर्दै मन्त्री थापाले यसका लागि स्थानीयवासिन्दाको पहल अझै हुनुपर्ने वताउनुभयो । 
यसअघि लमजुङ क्याम्पस सुन्दरबजारमा डिन कार्यालय स्थापना हुनुपर्ने माग राख्दै लमजुङका राजनीतिक दलको प्रतिनिधि मण्डल काठमाडौँमा डेलिगेशन समेत गएका थिए । कृषि क्याम्पसमा हिजो आयोजना गरिएको कार्यक्रममा मन्त्री थापाले विद्यार्थीहरु पढ्नका लागि विद्यालय आउने भन्दै हड्ताल नगर्न आग्रह  गर्नुभयो । आफ्ना मागहरु पूरा गर्नका लागि हड्तालमात्रै विकल्प नभएको भन्दै सबै समस्याको समाधान छलफलबाट नै टुङ्ग्याउनुपर्ने मन्त्री थापाको भनाई थियो ।
कार्यक्रममा लमजुङ क्याम्पसका प्रमुख डाक्टर यमबहादुर गुरुङले क्याम्पसको अवस्था र आगामी कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको थियो । क्याम्पसमा पर्ूण्ाकालीन कृषि स्नातक तह संचालनका लागि पर्ूवाधार विकासका लागि प्रथम खण्ड र दोश्रो खण्ड गरि ८४ करोड ५५ लाख ९५ हजार रुपैँया आवश्यक रहेको भन्दै सरकारी तवरबाट बजेट जुर्टाईदिन मन्त्री थापालाई क्याम्पस प्रमुख गुरुङले आग्रह गर्नुभएको थियो । उहाँले क्याम्पसको नयाँ कार्ययोजनाका बारेमा आफ्नो प्रस्ुतति राख्नुभएको थियो । 
यस्तै, कृषि र पशु विज्ञान अध्ययन संस्थानका डिन प्राध्यपक नरेन्द्रकुमार चौधरीले क्याम्पसमा डिन कार्यलय नहुँदाको समस्याको बारेमा जानकारी गराउनुभएको थियो । भोटेवडार गाउँ विकास समिति बडा नम्बर ९ फेदीकुनामा रहेको नेपाल विद्युत प्राधिकरणको आवास क्षेत्र खाली रहेकाले डिन कार्यालयका लागि सो क्षेत्र प्राप्त गर्नका लागि पहल गरिदिन समेत आग्रह गरिएको थियो । डिन कार्यालय राखिएमा क्याम्पसको स्तरोन्नति बढ्नुका साथै सरकारी तवरबाट आउने कार्यक्रम, सेवा र सुविधा समेत बढ्नेछ । 
program schedule
ताराबाजी लै-लै
5.00PM - 5.30PM
चौतारी खबर
6.30PM - 7.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
लाहुरे गाथा
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
View all
PUBLIC POLL

Loading...