Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
लमजुङमा २ सयौँ भानु जयन्ती मनाईयो

लमजुङ असार २९ गते ।

लमजुङमा शनिवार २ सयौं भानु जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङले बेसीशहरमा र्‍याली र रचना बाचन कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाएको हो । 
र्‍यालीपछि बेसीशहरको शेरा बजारमा आयोजनागरीएको औपचारिक कार्यक्रममा आदिकवी भानुभक्तका बारेमा र्सजकहरुले रचना बाचन गरेका थिए । हिमालचुली कला साहित्य प्रतिष्ठानका कार्यबहाक अध्यक्ष बेनबहादुर सुयलको अध्यक्षतमा भएको कार्यक्रममा बसन्त अधिकारी, कमला के.सी, बासुदेव थापा, चन्द्र गुरुङ, रमेश लामिछाने, भिमबहादुर बस्नेत लगायतले भानुभक्त आचार्यका बारेमा रचना बाचन गर्नु भएको थियो ।
हिमालचुली कला साहित्य प्रष्ठिानका सदस्य पशुपति न्यौपानेले स्वागत गर्नु भएको कार्यक्रममा राजु थापाले भानुभक्तको कृतित्व र ब्यक्तित्वका बारेमा चर्चा गर्नु भएको कार्यक्रमको सहजीकरण हिमालचुली कला साहित्य प्रतिष्ठानका सचिव मेघेन्द्र पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शम्भु प्रसाद ज्ञवाली, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्ण के.सी, लगायत साहित्यअनुरागीहरुको सहभागिता रहेको थियो । 
बिक्रम सम्वत १८७१ अषाढ २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मुन भएका भानुभक्त आचार्यले रामायण महाकाब्य, प्रश्नोत्तरमाला, भक्तमाला, बधूशिक्षा लद्युकाब्यको रचना गरेका थिए । भानुभक्तका काब्यकृतिले नेपाली काब्य भाषाको स्वरुप निर्माण गर्दै गलेका कारण नेपाली साहित्य जगतमा उनलाई आदिकविको सम्मान प्रदान गरिएको छ ।
यस्तै, दर्ुइसयौं भानुजयन्तीका अवसरमा पिंगल छन्द प्रतिष्ठान लमजुङ नेपाल र प्रतिष्ठान अर्न्तगत बेसीशहर नगर मञ्चले शनिबार साहित्यिक कार्यक्रम गरि आदिकवि भानुभक्तको सम्झना गरेकोछ ।
    प्रतिष्ठान र मञ्चले बेसीशहरमा भानुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वको चर्चा तथा कविता र साहित्यिक रचना वाचनको कार्यक्रम गर्दै आदिकविको संझना गरेको हो । प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष धनञ्जय दवाडी, एकीकृत नेकपा माओवादीका ठाकुर पौडेल, नेकपा माओवादीका अविरल न्यौपाने, पिंगल छन्द प्रतिष्ठानका अध्यक्ष श्रीकृष्ण न्यौपाने, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष कृष्ण केसी, हिमालचुली कला साहित्य प्रतिष्ठानका कार्यबहाक अध्यक्ष बेनबहादुर सुयेल, साहित्यकार पशुपतिनाथ न्यौपाने, बासुदेव थापा, कमला केसी, रमेशचन्द्र अधिकारी, लगायतले रचना एवं मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यसैगरि, साहित्यकार अर्जुन घिमिरेले भानुभक्तको कृतित्व र श्यामविक्रम न्यौपानेले व्यक्तित्व माथि चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका साँस्कृतिक सल्लाहकार प्रेम घले, आर्थिक सल्लाहकार शिव थापा, उमावि शिक्षक संघका पर्ूव अध्यक्ष कुशल भट्टर्राई लगायतले पनि आफ्नो धारणा व्यक्त गरेका थिए ।
पिंगल छन्द प्रतिष्ठान बेसीशहर नगरमञ्चका अध्यक्ष बसन्त अधिकारी -अधिरको अध्यक्षतामा भएको कार्यक्रममा लमजुङ उमावि गाउँशहर, जनजागृति मावि खासुरका शिक्षक तथा विद्यार्थीले पनि कविता वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव रमेशचन्द्र अधिकारीले गर्नुभएको थियो । यसैगरी लमजुङको चिती गाउँ विकास समिति वडा नम्बर ६ तुनीबोटेमा हिजो एक कार्यक्रमको आयोजना गरि २ सय औँ भानु जयन्ती कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम म्याङगो टि्र रिर्सर्ाातथा प्रविन्ना माई सहकारी संस्था लिमिटेड र दिप ज्योती ुवा क्लवको संयुक्त आयोजना भएको हो । 
  कार्यक्रममा २ सय औँ भानु जयन्तीको अवसरमा चिती साहित्य समाज लमजुङका संरक्षक एवं साहित्य अनुरागि गोविन्द वावु तिवारीले भानु भक्तले रचना गर्नुभएको विभिन्न कृति तथा जीवनिको बारेमा प्रकाश पार्नु भएको थियो । यस्तै साहित्य अनुरागि बेदराज पन्तले भानुभक्तको कृति र रामायणको बारेमा विस्तृत रुपमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्थानिय साहित्य श्रस्टा बलराम पन्त, चिती साहित्य समाजका अध्यक्ष रुद्रनिधी तिवारी, बाशुदेव पन्त, गोविन्दवावु तिवारी, दिगन्तराज  पन्थ, प्रमिला  तिवारी  लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीरकरण स्थानिय गोविन्दबावु तिवारीले गर्नुभएको थियो । कार्यक्रममा चिती गाउँ विकास समितिका साहित्य प्रेमिहरुको सहभागिता रहेको हाम्रा सहकमी ज्ञानेन्द्र मगरले जानकारी दिनुभएको छ  । 
program schedule
ताराबाजी लै-लै
5.00PM - 5.30PM
चौतारी खबर
6.30PM - 7.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
लाहुरे गाथा
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
View all
PUBLIC POLL

Loading...