Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
जिविस लमजुङद्धारा एमसीपीएममा ६७ नम्बर प्राप्त

लमजुङ, असार २९ गते ।

जिल्लाको विकास लमजुङले यसवर्षो न्यूनतम शर्त तथा कार्यसम्पादन मापन एमसीपीएममा देशभरिबाट ६७ अंक प्राप्त गरकेो छ । 
स्थानीय निकायको वित्तिय आयोगले प्रस्तुत गरेको १३ वटा सूचकहरुको र्सत प्रयोग गरेबापत जिल्ला विकास समिति लमजुङले यसवर्ष६७ औँ अंक प्राप्त गरेको हो । आयोगले प्रारम्भिक चरणमा जिल्ला विकास समिति लमजुङलाई ६७ अंक प्रदान गरेको स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमले जानकारी दिनुभएको छ ।
जिल्ला विकास समितिले पेश गरेको कागजी प्रमाणहरुलाई हेरेर वित्तिय आयोगले यतिका नम्बरमा राखेको जिल्ला विकास समिति लमजुङले जनाएको छ । जिविसले पेश गरेको प्रमाणका आधारमा न्यूनतम शर्त तथा कार्य सम्पादन मापनको आधारमा जिल्ला विकास समितिको पूँजीगत अनुदान अन्तरगत आगामी आर्थिक बर्षा लागि २५ प्रतिशत बजेट बढेर आउने निश्चित भएको छ । आर्थिक बर्ष२०६९/०७० को बजेट कार्य सम्पादनमा वित्तिय आयोगबाट खटेर आएको टोलीले कार्य सम्पादन मापन ६७ प्रतिशत पुरा गरेको भन्दै नम्बर दिएको बताईएको छ । तर, जिल्ला विकास समितिले न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा चित्त नबुझेका कारण कम्तीमा पनि ९ नम्बर थपको दावी गर्दै प्रतिक्रिया पत्र लेखेर पठाएको स्थानीय विकास अधिकारी गौतमले वताउनुभयो ।
जिल्ला विकास समितिले यसवर्षजिल्ला विकास समितिको पूँजीगत अनुदानमा १ करोड २० लाख बजेट प्रस्ताव गरेको छ । ६६ अंकभन्दा माथि आउनेवित्तिकै जिविस लमजुङले थप २५ प्रतिशत बजेट पाउने भएको छ । तर, ८० प्रतिशत अंक पाउने वित्तिकै बजेटमा ३० प्रतिशत थपिने भएकाले आगामी बर्षा लागि सजिलो होस भन्ने उद्देश्यले यसवर्षथप नम्बर दावी गरिएको जिल्ला विकास समितिले जनाएको छ । जिल्ला विकास समितिले गतबर्षप्रारम्भिक चरणमा ६५ अंक प्राप्त गरेकोमा थप हुनुपर्ने दावी गरेपछि १ अंक थपेर ६६ अंक प्राप्त गरेको थियो । तर, गतबर्षराष्टिय गौरबका आयोजनाहरु निर्माण गर्नुपर्ने भन्दै सरकारले बजेट सिलिङ घटाएपछि देशभर विनियोजित बजेटभन्दा न्युन बजेट आएको थियो ।
स्थानीय निकायको वित्तिय आयोगले जिल्ला विकास समितिले गरेको कार्यप्रगति र बजेट बाँडफाँडलाई हेरेर हरेक बर्षमुलुकभरका जिल्लालाई प्रतिष्पर्धात्मक हिसावले प्राथामिकतामा राखेर नम्बर दिने गर्दै आएको छ । वित्तिय आयोगले अनियबार्य लेखापरीक्षण, समयमा परिषद् गरेको या नगरेको, बाषिर्क समीक्षा, र्सार्वजनिकीकरण लगायत १३ वटा प्रमुख सूचक राखेर मूल्याङ्कन गरेको हुन्छ ।
आगामी आर्थिक बर्षा लागि जिविस अनुदानमा २५ प्रतिशत बजेट थपिने भएपछि जिल्लाको विकास निर्माणमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
program schedule
तामाङ खबर
8.00AM - 8.15AM
चौतारी सम्वाद
8.15AM - 9.00AM
नेपाल खबर
9.00AM - 9.15AM
गुरुङ खबर
10.00AM - 10.15AM
चौतारी टकटाइम
11.00AM - 12.00PM
View all
PUBLIC POLL

Loading...