Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
गाउँ पुगेका पूर्व मन्त्रीसहितको टोलीद्धारा बाटो मर्मत
आश गुरुङ, लमजुङ, कार्तिक ६ गते ।
निर्वाचनको प्रचारप्रसारमा खटिएको नेकपा एमाले लमजुङ क्षेत्र नम्बर २ को टोलीले लमजुङको मालिङमा गोरेटो बाटो मर्मत गरेको छ ।
उनीहरुले मालिङ गाउँ विकास समिति वडा नम्बर २ को ठाँटीदेखि देखि वडा नम्बर ९ को सैलुङ गाउँ जाने बाटो मर्मत गरेका हुन् ।
दशैँको बेला पहिरोले अबरुद्ध बनाएको सडक मर्मत हुन नसकिरहेको बेला नेकपा एमाले क्षेत्र नम्बर २ का उम्मेदवार एवं पर्ूवमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीले गोरेटो बाटोको मर्मत गरेका हुन् । उनीहरुले स्थानीयको घरबाट कुटो, कोदालो, गैंची, साबेल, हँसिया लिएर बाटो मर्मत गरेको स्थानीयवासिन्दाले वताएकाछन् ।  बाटो मर्मत गरेपछि स्थानीयवासिन्दालाई हिँड्न सजिलो भएको छ । 
नेकपा एमाले जिल्ला कमिटी लमजुङका उपसचिव सुभाष पौडेलको नेतृत्वमा गरिएको बाटो मर्मतकार्यमा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य प्रेम घले, कल्पना थापा, जिल्ला कमिटी लमजुङका उपाध्यक्ष गुमानसिंह अर्याल, जिल्ला कमिटीका सदस्य पद्मा गुरुङ, क्षेत्रिय कमिटीका अध्यक्ष योगेन्द्रनारायण शाह, सचिव बिवश बुढाथोकी, सदस्य काशीजङ घले लगायतको सहभागिता रहेको थियो । 
संविधान सभाको निर्वाचनको प्रचारप्रसारमा गएको टोलीले बाटो मर्मतसंगै चुनावी प्रचारसभा, घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीब्र पारेको छ । टोलीले बाग्लुङपानी, मालिङ, उत्तरकन्या, भुजुङ, पसगाउँ, भोँजे र गिलुङ गाविसमा आफ्नो कार्यक्रम सक्काएको जनाएको छ । चुनावी कार्यक्रमको प्रचारप्रसारका लागि खटिएका एमाले क्षेत्र नम्बर २ का उम्मेदवार एवं नेकपा एमाले पोलिटब्यूरो सदस्य पृथ्वीसुब्बा गुरुङलाई स्थानीयवासिन्दाले मिश्रति सुझाव दिएकाछन् । यसअघि आदिवासी जनजातिका मुद्धालाई उठान गरेर विवादित समेत बनेका गुरुङलाई गाउँगाउँका आदिवासी जनजातिका समुदायले आफ्नो मुद्धालाई पार्टर्ीीट उठाएर स्थापित गराउन सुझाव दिएकाछन् । जवाफमा गुरुङले एमाले बहुपहिचानको नीति लिएर अघि बढेकाले कुनै न कुनै तवरबाट सवैको पहिचानलाई समेट्ने गरि राज्यको पुनर्संरचना गर्नमा आफू प्रतिवद्ध रहेको वताएकाछन् ।
यस्तै, संविधान सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नम्बर १ मा पुगेका नेकपा एमाले उम्मेदवार एवं जिल्ला विकास समितिका पर्ूव सभापति जमिन्द्रमान घलेलाई स्थानीयवासिन्दाले विकास सम्बन्धि गुनासा गरेकाछन् । आफ्नो गाउँमा अझैपनि खानेपानी, पाटीपौवा, सडक, भवन, विद्युत, यातायात नपुगेको भन्दै संविधान भन्दा विकास मागेको घलेले वताएकाछन् । क्षेत्र नम्बर १ को टोलीले पर्ूर्वी लमजुङको तार्कुघाट, धमिलीकुवा, चक्रतर्ीथ, भलायखर्क, प्यारजुङ, कोल्की, गौँडार्,र् इलमपोखरी लागयत गाविसमा आफ्नो कार्यक्रम सक्काईसकेको जनाएको छ ।
एमाले क्षेत्र नम्बर १ का उम्मेदवार जमिन्द्रमान घले नेतृत्वमा नेकपा एमाले गण्डकी अञ्चल समन्वय कमिटीका सचिव मायानाथ अधिकारी, नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष धनञ्जय दवाडी, गण्डकी अञ्चल समन्वय कमिटीका सदस्य जुद्धविलाश भण्डारी, सचिवालय सदस्य एवं क्षेत्र नम्वर १ का संयोजक भिम गुरुङ, अनेमसंघ जिल्ला कमिटी अध्यक्ष लक्ष्मी अधिकारी, जिल्ला कमिटी सचिवालय सदस्य नन्दराज वि.क, क्षेत्र नम्वर १ का अध्यक्ष जीतबहादुर गुरुङ, जिल्ला कमिटी सदस्य रामचन्द्र भट्ट, क्षेत्रिय कमिटी सदस्य जगदिश पाण्डे, अनेरास्ववियू केन्द्रिय सदस्य जुनबहादुर तामाङ, लमजुङ काठमाण्डू सर्म्पर्क समितिका उपसचिव नन्दराज गुरुङ लगायतको टोली रहेकाछन् ।
program schedule
कार्यक्रम शुरु
5.15AM - 5.30AM
भजनहरु
5.30AM - 6.00AM
कायाकैरन
6.00AM - 6.30AM
चौतारी खबर
6.30AM - 7.00AM
सुखद विहानी
7.00AM - 7.30AM
View all
PUBLIC POLL

Loading...