Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
समाचार प्रमुख आश गुरुङलाई पत्रकारीता पुरस्कार

रेडियो चौतारी संवाददाता, काठमाडौँ पुस १० गते ।

रेडियो चौतारी ९१ थोप्लो ४ मेगाहर्जका समाचार प्रमुख आश गुरुङलाई तमू संचारकर्मी संघको केन्द्रीय समितिले बुधवार तमू पत्रकारीता पुरस्कार प्रदान गरेको छ ।
गुरुङ समुदायको आवजलाई देशविदेशमा पुर्‍याएको र भाषा, कला र संस्कारसंस्कृतिको जगर्ेना गर्न संचारमाध्ययमबाट महत्वपर्ूण्ा भूमिका खेलेको भन्दै गुरुङलाई ताम्रापत्रसहित ५ हजार १ रुपैँया राशीको पुरस्कार प्रदान गरिएको हो ।
राजधानीमा आयोजना गरिएको कार्यक्रममा तमू ल्लोसार मूल समारोह समिति २०७० द्धारा प्रायोजित पुरस्कारलाई तमू हृयूला छोँज धीँ-गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष रेशम गुरुङ र तमू संचारकर्मी संघका अध्यक्ष डण्ड गुरुङले वितरण गर्नुभएको थियो ।
तमू संचारकर्मी संघका पर्ूवअध्यक्ष गणेशमान गुरुङको संयोजकत्वमा कमल गुरुङ र मच्छे गुरुङ सदस्य रहेको तमू पत्रकारिता पुरस्कार छनौट समितिले रेडियो चौतारीका समाचार प्रमुख गुरुङलाई ५ हजार १ रुपैँयाको तमू पत्रकारीता पुरस्कार प्रदान गर्न तमू संचारकर्मी संघको केन्द्रीय बैठकमा सिफारिस गरेको थियो ।
लमजुङको भुजुङ गाउँ विकास समिति वडा नम्बर ५, कमागाउँमा जन्मनुभएका गुरुङले विगत ११ बर्षेखि पत्रकारीता गर्दै आउनुभएको छ । रेडियो चौतारीको स्थापनाकालदेखि समाचार प्रमुखको जिम्मेवारीमा रहनुभएका गुरुङ हाल उज्यालो नाइन्टी नेर्टवर्क, सगरमाथा टेलिभिजन, रेडियो नेपाल, बीएफबीएस रेडियो, राजधानी दैनिक लगायतका संचार माध्ययममा आवद्ध हुनुहुन्छ । गुरुङले यसअघि नेपाल पत्रकार महासंघ लमजुङ शाखाले जिल्लामै पहिलोपटक स्थापना गरेको पत्रकारीता पुरस्कार, उज्यालो नाइन्टी नेर्टवर्कबाट सर्वोत्कृष्ठ सम्बाददाता पुरस्कार लगायतका पुरस्कार पाइसक्नुभएको छ ।
रेडियो चौतारीका समाचार प्रमुखसंगै पर्ूव प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार वरिष्ठ टेलिभिजन कार्यक्रम निर्माता रिता गुरुङ र अन्नपर्ूण्ा दैनिकका वरिष्ठ सम्वाददाता राजकुमार दिक्पाललाई प्रदान गरिएको छ । सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार कास्की आवाज दैनिकका सम्पादक हुम गुरुङ र दैनिक नेपालगञ्जका स्तम्भकार शोभा गुरुङलाई प्रदान गरिएको छ । यस्तै, सीआई टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता प्रोत्साहन पुरस्कारबाट संखुवासभाबाट प्रकाशित हुने मकालु सन्देश साप्ताहिकका सम्पादक नविन गुरुङलाई प्रदान गरिएको छ ।
कार्यक्रममा तमू -गुरुङ) संचारकर्मी संघले आफ्नो वािर्ष पत्रिका गुरुङ न्यूज डटकम दोस्रो अंङ्कको विमोचन गरिएको थियो । विमोचन कार्यक्रममा सहभागि सबैले एकसाथ पत्रिकाको विमोचन गरेका थिए । तमू -गुरुङ) संचारकर्मी संघकले प्रकाशित गरेको गुरुङ न्यूज डटकमको दोस्रो अंङ्कमा गुरुङ समुदायमा योगदान पुर्‍याउँदै आउनुभएका ब्यक्तित्वको परिचय, सफलताका कारणहरु, राजनीतिमा गुरुङ समुदायको उपस्थिती, साहित्य, कला, पर्यटन, खेलकुद लगायत देश विदेशका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउदै गुरुङ समुदायको नाम उचाईमा पुर्‍याईरहनु भएका ब्यक्तित्वहरुको चर्चा परचर्चा गरिएको छ ।
कार्यक्रममा बोल्नुहँदै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डण्ड गुरुङ गुरुङ सञ्चारकर्मी र गुरुङहरुको एकता र परिचयलाई उचाईमा पुर्‍याउन गुरुङ न्यूजडटकम छोटो समयमै सफल रहेको बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य पार्वत गुरुङ, पर्ूव प्रधान सेनापति छत्रमानसिंह गुरुङ, तमू हृयूला छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ, पुरस्कार छनौट समितिका संयोजक गणेशमान गुरुङ, पुरस्कृत ब्यक्तित्वको तर्फाट रीता गुरुङ र राजकुमार दिक्पाल लगायतले पत्रकारीताको माध्ययमबाट आदिवासी जनजातिको आवजलाई बुलन्द पार्न संचारकर्मीको महत्वपर्ूण्ा भूमिका रहने वताउनुभएको थियो ।
 
program schedule
ताराबाजी लै-लै
5.00PM - 5.30PM
चौतारी खबर
6.30PM - 7.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
लाहुरे गाथा
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
View all
PUBLIC POLL

Loading...