Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
पर्यटकीय गाउँ भुजुङमा पहिलोपटक इन्टरनेट संचालन

आश गुरुङ, लमजुङ, पुस १४ गते ।

एउटै गाउँ र एउटै गाविसले परिचित लमजुङको पर्यटकीय गाउँ भुजुङमा पहिलोपटकर् इन्टरनेट संचालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापर् इलाका संरक्षण कार्यालय भुजुङले इन्टरनेट जडान गरेको हो ।
      एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताको कार्यकक्षसहित ९ वटा डेक्सटप कम्प्यूटर र २ वटा ल्यापटप कम्प्यूटरमार् इन्टरनेट जडान गरिएको एक्याप भुजुङले जनाएको छ । 
गोरेटो कम्यूनिकेशन प्रालि पोखराले नाल्माको सितलेस्वारमा टावर निर्माण गरेर विभिन्न ठाउँमा डिभाईस अपिलंक गरि एक्यापमा ५ सय १२ केबीपीएस क्षमताकोर् इन्टरनेट जडान गरिएको एक्याप भुजुङका लेखा तथा प्रशासन सहायक शिव थापाले जानकारी दिनुभयो ।
गोरेटो कम्यूनिकेशन पोखराले राखेको टावरबाट अपलिंक गरि भुजुङ गाविसको वडा नम्बर २ मा पर्ने गुम्बा नजिकै सानो प्रकारको टावर जडान गरि भुजुङकै ङारा छ्होमा रिसिभर राखेर भुजुङमार् इन्टरनेट प्रवाह गरिएको छ । भुजुङ गाउँलाई पुरै भ्याउनेगरि राखिएको लिंकबाट एक्यापले रिसिभर राखेर कार्यालयमार् इन्टरनेट जडान गरिएको थापाले वताउनुभयो । एक्यापमार् इन्टरनेट जडान गर्दा झण्डै ७५ हजार रुपैँया लागेको एक्यापले जनाएको छ ।
टेलिफोन र मोवाईलको सुविधा समेत नभएको भुजुङमा अबर् इन्टरनेटबाटै संसार देख्न पाउने भएपछि स्थानीयवासिन्दा खुसी भएकाछन् । स्थापना भएको झण्डै २ दशकपछि कार्यालयमार् इन्टरनेट जडान हुँदा निकै खुसी लागेको एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले वताउनुभयो । उहाँले अहिलेसम्म टेलिफोन समेत राम्रोसंग समेत सर्म्पर्क नहुने भुजुङको कार्यालयमा इन्टरनेट जडान भएपछि कार्यालयको कार्यसम्पादनमा छिटोछरितोपन हुने समेत वताउनुभयो ।
एक्यापमार् इन्टरनेट जडान गरिएपछि भुजुङमा रहेका अन्य संघसंस्थाले पनिर् इन्टरनेट जडान गर्ने तयारी गरेका एक्यापमा कार्यरत स्थानीय बृजबहादुर गुरुङले वताउनुभयो । यस्तैर्,र् इन्टरनेटका लागि छुट्टै र्साईवर समेत खोल्ने तयारी गरिएको छ । भुजुङमार् इन्टरनेट संचालनमा आएपछि गाउँमा पुग्ने पर्यटकलाई समेत सुविधा पुग्ने भएको छ । बर्षोनी भुजुङमा जाने पर्यटकले मोवाईलमा समेत कुरा गर्न नसक्ने अवस्थामार् इन्टरनेट जडान भएपछिर् इन्टरनेटबाट नै कुराकानी गर्न पाउने भएकाछन् ।
गोरेटोले लमजुङका ग्रामीण भेगमार् इन्टरनेट प्रवाह गर्दै आएको र अब पनि महत्वपूर्ण गाउँठाउँमार् इन्टरनेट जडान गरिने गोरेटोका निर्देशक प्रेम दुराले वताउनुभयो । उहाँलर्ेर् इन्टरनेट जडान गर्दा ब्यक्तिगत डिभाईससहित १० हजार रुपैँया शुल्क लाग्ने र मासिक १ हजार ५ सय रुपैँमा २ सय ५६ केबीपीएस क्षमताकार् इन्टरनेट जोड्न सकिने वताउनुभयो । संस्थागत र अन्य धेरै कम्प्यूटरमा जडान गर्दा खर्च बढ्ने दुराले वताउनुभयो । उहाँले रकमको कुरा भन्दा पनि सेवा ठूलो रहेको समेत वताउनुभयो ।'शहरबजारमा त भइ नै हाल्यो, हामी दुर्गम तथा विकट जस्तो सुकै गाउँमा पनिर् इन्टरनेट जोड्न तयार छौँ र सक्छौँ पनि' उहाँले भन्नुभयो, 'त्यसका लागि हामीले छुट्टै योजना समेत बनाएका छौँ ।'
program schedule
तामाङ खबर
8.00AM - 8.15AM
चौतारी सम्वाद
8.15AM - 9.00AM
नेपाल खबर
9.00AM - 9.15AM
गुरुङ खबर
10.00AM - 10.15AM
चौतारी टकटाइम
11.00AM - 12.00PM
View all
PUBLIC POLL

Loading...