Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
भूकम्प पीडितले बन्दै गरेको घर धितो राखेर ३ लाख निब्र्याजी ऋण पाउने,
भूकम्प पीडितहरुले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप ३ लाख निब्र्याजी ऋण पाउने भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार बैठकले सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्य्विधि संशोधन गरेको हो । अब धोतो जमानीबाट निब्र्याजी ऋण उपलब्ध गराइने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्य्विधि बनाएको थियो । तर, बैंकहरुले विना धितो ऋण दिन अस्वीकार गरेपछि सरकारले कार्य्विधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो ।
सरकारको यो निर्णयसँगै भूकम्प पीडितहरुले बन्दै गरेको घर नै जमानीमा राखेर ३ लाख निर्ब्याजी ऋण लिन सक्नेछन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको दरबन्दी, संगठन संरचना पनि स्वीकृत गरेको छ ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोग बनाउनुपर्ने हुन्छ । सोही आयोगका लागि आवश्यक जनशक्ति र संगठन संरचनासम्बन्धि प्रस्तावलाई सरकारले स्वीकृत गरेको हो ।
 

 

program schedule
चौतारी खबर
6.30PM - 7.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
लाहुरे गाथा
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
लोक तथा दोहोरी
5.30PM - 6.00PM
View all
PUBLIC POLL

Loading...