Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
मनाङमा कांग्रेस–एमालेद्धारा उम्मेदवार टुंगो, दुइ पार्टीबीच तीब्र प्रतिष्पर्धा हुने
हिमाली जिल्ला मनाङमा कांग्रेस र एमालेले संघ र प्रदेश चुनावको उम्मेदवार टुंगो लगाएको छ ।
एउटा संघीय क्षेत्र र २ प्रदेश क्षेत्र रहेको मनाङमा यसपटक यी दुइ पार्टीबीच तीब्र प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेसले संघको प्रत्यक्षतर्फ सांसद टेकबहादुर गुरुङलाई सिफारिस गरेको छ । एमालेले संघको प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङलाई उम्मेदवारमा सिफारिस गरेको छ । कांग्रेसले प्रदेशको क्षेत्र नं. १ मा चिन्तबहादुर घलेलाई सिफारिस गरेको छ । एमालेले प्रत्यक्षतर्फ धोर्जे ढन्डुल गुरुङलाई सिफारिस गरेको छ । यस्तै, कर्म गुरुङलाई प्रत्यक्षतर्फ कांग्रेसले प्रदेश क्षेत्र नं. २ मा सिफारिस गरेको छ । एमालेले राजीव गुरुङ (दीपक मनाङे) लाई सिफारिस गरेको छ ।
कांग्रेसका सांसद गुरुङ संविधान सभा निर्वाचन २०७० मा विजयी भएका थिए । एमालेका गुरुङ मनाङमा नया“ प्रजातिका स्याउखेती भित्र्याएर चर्चा कमाएका ब्यक्ति हुन् । एमालेका क्षेत्र नं. १ का उम्मेदवार धोर्जे ढिन्डुल कांग्रेसबाट एमालेमा प्रवेश गरेका ब्यक्ति हुन् । दीपक मनाङे राप्रपाबाट एमालेमा प्रवेश गरेका ब्यक्ति हुन् ।
समानुपातिकतर्फ कांग्रेसले संघमा कर्म घलेलाई सिफारिस गरेको छ । प्रदेश क्षेत्र नं. १ मा समानुपातिक तर्फ साङ्दो लामालाई सिफारिस गरेको छ । प्रदेश क्षेत्र नं. २ मा समानुपातिक तर्फ सागर गुरुङ (टाइगर) र महिलातर्फ छिरिङओङ्मा घले गुरुङलाई सिफारिस गरेको छ । एमालेले समानुपातिकतर्फ पासाङ विष्ट, याङ्डुुङ गुरुङ, मंगलबहादुर गरुङ, युटेन गुरुङ, नरेन्द्र घले, रत्नकुमारी गुरुङ र नन्द गुरुङको नाम सिफारिस गरेको एमाले जिल्ला सचिव लोकेन्द्र घलेले बताउनुभयो । 
मनाङमा करीब ६ हजार मतदाता छन् । ४ वटा स्थानीय तह रहेको मनाङमा नेस्याङ र नारफू गाउ“पालिका प्रदेश क्षेत्र नं. १ मा पर्छ । प्रदेश क्षेत्र नं. २ मा चामे र नासोङ गाउ“पालिका पर्छ । स्थानीय तहको निर्वाचनमा एमालेले कांग्रेस सांसद टेकबहादुरको गृहगाउ“पालिका नेस्याङ र सदरमुकाम रहेको चामे गाउ“पालिकाको प्रमुख जितेको थियो । कांग्रेसले बस्ती बाक्लो भएको नासोङ र विकट नारफू गाउ“पालिकाको प्रमुख जितेको थियो । चुनावमा एमालेले मनाङमा पहिलोपटक स्थानीय तहको चुनाव जितेको थियो ।
 
program schedule
चौतारी खबर
6.30PM - 7.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
लाहुरे गाथा
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
लोक तथा दोहोरी
5.30PM - 6.00PM
View all
PUBLIC POLL

Loading...