Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
अनेरास्ववियु जिल्ला कमिटीद्धारा जिल्लाका विभिन्न शैक्षिक संस्थामा संगठन विस्तार,
अनेरास्ववियु जिल्ला कमिटी लमजुङले जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुमा संगठन विस्तार गरेको छ । कमिटीले मंगलबार सदरमुकाम बेशीसहर स्थित मस्र्याङ्दी बहुमुखी क्यापस, जन विकास मावि चण्डीडाडा र जन विकास मावि बेशीसहरमा संगठन विस्तार गरेको छ । 
कमिटीले मस्र्याङ्दी बहुमुखी क्यापसमा कक्षा ११ र १२ मा अनेरास्ववियु मावि कमिटी गठन गरेको हो । कमिटीको अध्यक्ष आरोश गुरुङ, उपाध्यक्षमा आस्था सेढाई, सचिवमा नाारायण सुनार, सहसचिवमा लक्ष्मी थापा, र कोषाध्यक्षमा इफ्सखाट अहमत गरी ३५ सदस्यीय कमिटी गठन गरीएको छ । 
मस्र्याङ्दी बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष रेशम भारतीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीइ सचिवालय सदस्य जुन तामाङको प्रमुख आथित्य रहेको थियो । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य सुजनकुमार तामाङ, जिल्ला संयोजक रोनिश परियार, जिल्ला कमिटीका सचिवालय सदस्य बिनोद ढकाल, सचिवालय सदस्य राज घले लगायतको उपस्थिती रहेको थियो । 
यस्तैगरी, जनविकास मावि चण्डीडाडामा पनि कमिटी विस्तार गरीएको छ । कमिटीको अध्यक्षमा निरज गुरुङ, उपाध्यक्षमा अमृत कुवर, सचिवमा गोमा अर्याल, सहसचिवमा विकास विक, कोषाध्यक्षमा विष्णु विक, लगायत २५ सदस्यीय रहेका छन् । 
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य सुजनकुमार तामाङ, जिल्ला कमिटीका सचिव देबेन्द्र गुरुङ, कुमार अर्याल, जिबन घर्ती, आकाश खत्रि, लगमयतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन जिल्ला कमिटीका सचिवालय सदस्य विनोद ढकालले गर्नुभएको थियो । यस्तैगरी, जन विकास मावि बेशीसहरमा पनि कमिटी विस्तार भएको छ । कक्षा ९ र १० मा कमिटी गठन  गरीएको छ । कमिटीको अध्यक्षमा निश्चल पाण्डे, उपाध्यक्षमा पुजा गुरुङ, सचिवमा सागर अछामी, सहसचिवमा स्मृती गिरेल, होमबहादुर गुरुङ, सुप्रिया थापामगर, कोषाध्यक्षमा सन्देश परियार लगायत ३१ सदस्यीय कमिटी रहेको छ । 
 
program schedule
कार्यक्रम शुरु
5.15AM - 5.30AM
भजनहरु
5.30AM - 6.00AM
कायाकैरन
6.00AM - 6.30AM
चौतारी खबर
6.30AM - 7.00AM
सुखद विहानी
7.00AM - 7.30AM
View all
PUBLIC POLL

Loading...