Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
म्यादी प्रहरीमा भर्ना खुलेसगै लमजुङमा पहिलो दिनमा ४७ जनाद्धारा आबेदन
मंसिर १० गते तोकिएको प्रनिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि म्यादी प्रहरीमा  भर्ना खुलेसगै सहरबजार तथा ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरु भर्ना हुन आएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार सूचना जारी भएकै दिन मंगलबार लमजुङ जिल्लामा ४७ जनाले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन् । आवेदन संकलन कार्यमा खटिएका प्रहरी हवल्दार फडिन्द्रबाबु रोकायका अनुसार महिला २९ र पुरुष १८ जनाले आवेदन फर्म भरेका छन् । यसमा पूर्व म्यादीमात्रै २० जना छन् । १ जना पूर्व प्रहरी हुन् भने २६ जना सर्वसाधारण हुन् । उहा“का अनुसार यसमा बढीमात्रामा युवाहरु बढी छन् ।
प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टका अनुसार बिहान १० बजेदेखि सा“झ ५ बजेसम्म म्यादी प्रहरी भर्ना चलिरहेको छ । उहाका अनुसार फर्म भरेर १० रुपैया“को टिकट टा“स्नुका साथै नागरिकताको फोटोकपी पेस गरेपछि १८ बर्ष पूरा भई ५४ बर्ष नकटेका ब्यक्ति छनौटका लागि योग्य हुन्छन् । यसअघिका निर्वाचनमा काम गरेका, सुरक्षा निकायमा काम गरेर फर्केका अनुभव झल्कने प्रमाणपत्र भए त्यस्ता ब्यक्ति प्राथामिकतामा पर्ने उहा“ले बताउनुभयो ।
असोज ३० गतेसम्म प्रक्रिया पु¥याएर आउनेलाई छनौटका लागि योग्य टहरिने प्रहरीले जनाएको छ । म्यादी प्रहरीका लागि नेपाली नागरिक भएको हुनुपर्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर नठहराएको, राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त रहेको हुनुपर्ने प्रावधान तोकेको छ । शैक्षिक योगयता भने सामान्य लेखपढ गर्न सक्ने भए हुने प्रहरीले जनाएको छ । उनीहरुलाई सेवा सुविधा नेपाल प्रहरीको प्रहरी जवानले पाएसरहको तलब, भत्ता र तोकिएबमोजिम रासन लगायत अन्य सुविधा उपलब्ध हुने प्रहरीले जनाएको छ ।
 
program schedule
चौतारी खबर
6.30PM - 7.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
लाहुरे गाथा
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
लोक तथा दोहोरी
5.30PM - 6.00PM
View all
PUBLIC POLL

Loading...