Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
६२ औं प्रहरी दिवसको पुर्वसन्ध्यमा जिल्ला प्रहरी कार्यालयद्धारा सरसफाई
जनताको शान्ति सुरक्षाका लागि खटिने र अपराधिक कार्य नियन्त्रण गर्ने कार्य गर्दै आएका प्रहरीहरुले बेशीसहर बजार सरसफाई गरेका छन् ।
उनीहरुले बेशिसहर नगरपालिकामा नगरको सडकमा हातमा झाडुबोकी सरसफाई गरेका हुन् । ६२ औं प्रहरी दिवसको पुर्वसन्ध्यमा जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा नगर सरसफाई कार्यक्रममा प्रहरीह खटिएका हुन् । प्रहरीको अभियानमा बेशिसहरमा रहेको फुलवारी आमा समुह र सामुदायिक सेवा केन्द्र बेशिसहरले समेत सहयोग गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख पदमबहादुर विष्ट, प्रहरी निरिक्षक गौरव महत र वुद्धिसागर पुरीको नेतृत्वमा बेशिसहर नगरपालिकाको मनाङगेचौतारा, भिमसेनस्थान, नारनस्थान चोक र शेराचोकमा सरसफाई गरिएको हो ।
हरेक वर्ष मनाउँदै आएको प्रहरी दिवसको उपलक्ष्यमा प्रहरीले जिल्लामा रहेको  सडक र सडक छेउछाउको नाली सरसफाई गर्दै आएको छ । यस पटक प्रहरी दिवसको उपलक्ष्यमा बेशिसहर नगरपालिकाभित्र रहेको मुख्य सडक र सडक छेउछाउको नाली सरसफाई गरीएको प्रहरी नायव उपरिक्षक विष्टले बताउनुभयो । यसै अवसर पारी जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा शुक्रबार भुतपुर्व प्रहरीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
program schedule
कार्यक्रम शुरु
5.15AM - 5.30AM
भजनहरु
5.30AM - 6.00AM
कायाकैरन
6.00AM - 6.30AM
चौतारी खबर
6.30AM - 7.00AM
सुखद विहानी
7.00AM - 7.30AM
View all
PUBLIC POLL

Loading...