Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
भोटेवडारमा भएको स्थायी परिवार नियोजन सेवाको निशुल्क घुम्ती शिविरमा ७ जनाले सेवा लिए
लमजुङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा स्थायी परिवार नियोजन (महिला तथा पुरुष बन्ध्याकरण) सेवाको निशुल्क घुम्ती शिविर संचालन गर्ने क्रममा बिहिबार भोटेवडारमा  सम्पन्न भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यलय लमजुङको आयोजनामा संचालन भएको शिविर शहरी स्वास्थ्यकेन्द्र भोटेवडार बगैचामा संचालन गरीएको थियो । शिविरमा भोटेवडार क्षेत्रका ७ जनाले सेवा लिएका छन् । जसमा ३ जना पुरुषको भ्यासेक्टोमी र ४ जना महिलाको मिनील्याप गरीएको जिल्ला जनस्वास्थ्य कार्यलय लमजुङका परिवार नियोजन सुपरभाइजर कौशल भण्डारीले बताउनुभयो । शिविरमा जिल्ला जनस्वास्थ्य कार्यलय लमजुङका कर्मचारी, र मेरिस्टोपस् सेन्टर नेपालका प्राविधिकहरुले सेवा दिएका थिए । 
सोही शिविर २८ गते खुदी स्वास्थ्यचौकीमा र असोज २९ र ३० गते जिल्ला सामुदायिक अस्पताल बेशीसहरमा संचालन हुने जनाएको छ । शिविरमा महिला र पुरुष दुवैका लागि सेवा दिइएको छ ।
 
program schedule
कार्यक्रम शुरु
5.15AM - 5.30AM
भजनहरु
5.30AM - 6.00AM
कायाकैरन
6.00AM - 6.30AM
चौतारी खबर
6.30AM - 7.00AM
सुखद विहानी
7.00AM - 7.30AM
View all
PUBLIC POLL

Loading...