Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
म्यादी प्रहरीमा ३ दिनमै ४ सय २८ जनाको आवेदन
सरकारले आउँदो मंसीर १० र २१ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ंमंगलबारदेखि म्यादी प्रहरीका लागी आवेदन खुला गरेकोमा ३ दिनमै ४ सय २८ जनाले आवेदन दिएका छन् ।
संघिय प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरि सरकारले म्यादी प्रहरीमा भर्ना खुलाएसँगै लमजुङमा फारम भर्नेको लर्को लागेको हो । म्यादी प्रहरीमा फारम भर्ने पहिलो दिन मंगलबार ४७ जनाले फारम भरेकोमा दोस्रो दिन बुधबार १ सय २९ र तेस्रो दिन बिहीबार २ सय ५२  जनाले आवेदन दिएपछि ३ दिनमै ४ सय २८ जना पुगेको प्रहरी निरिक्षक गौरव महतले जानकारी दिनुभयो । आवेदन दिने ४ सय २८ जना मध्ये २ सय ६२ जना पुरुष र १६६ जना महिला रेहेका छन् ।
शहरबजार तथा ग्रामीण भेगबाट म्यादी प्रहरीमा युवाहरु भर्ना हुन आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार फारम भरेकाहरुमध्येबाट यस अघिका निर्वाचनहरुमा काम गरेका, सुरक्षा निकायमा काम गरेर फर्केका अनुभव झल्कने प्रमाणपत्र भए त्यस्ता व्यक्तिहरु प्राथामिकतामा पर्नेछन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख विष्टका अनुसार एक साताको अवधिमा मंगलबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म रहने छ । विष्टले म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने बताउनु भयो । 
program schedule
कार्यक्रम शुरु
5.15AM - 5.30AM
भजनहरु
5.30AM - 6.00AM
कायाकैरन
6.00AM - 6.30AM
चौतारी खबर
6.30AM - 7.00AM
सुखद विहानी
7.00AM - 7.30AM
View all
PUBLIC POLL

Loading...