Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
आर्थिक अबस्था कमजोर भएका रामबजारका मनिराजको उपचारका लागि ६ लाख बढी संकलन
खुट्टामा गम्भीर चोट लागेका मस्र्याङ्दी गाउपालिका वडा नम्बर ४ काभ्रे रामबजारका मनिराज गुरुङको उपचारका लागि संकलन भएको रकम शुत्रबार हस्तान्तरण गरीएको छ ।
५ बर्ष अघि खेतमा काम गरी घर फर्कने क्रममा बाटोमा लडी दाहिने खुट्टामा गम्भीर चोट लागेपछि थला परेका २४ बर्षिय गुरुङको उपचारका लागि संकलन गरीएको रकम ६ लाख चार हजार पाच सय ४२ रुपैया ३७ पैसा बराबरको चेक एक कार्यक्रमका विच मनिराजलाई हस्तान्तरण गरीएको हो ।
कार्यक्रममा कृषक जागरण साकोस बेशीसहरका सचिव नरबहादुर गुरुङ, कृषक जागरण साकोस बेशीसहरका लेखा संयोजक एवं बाघेता समाज तथा पर्यावरण सुधार समितीका अध्यक्ष घनश्याम घले, स्यागे टोल सुधार समितीका अध्यक्ष एवं कृषक जागरण साकोस स्यागे शाखाका प्रबन्धक पदम गुरुङ, ताघ्रिङ घेर्मु साकोसका प्रबन्धक भिमबहादुर गुरुङ, बाघेता युनाइटेड क्लबका बरिष्ठ उपाध्यक्ष विष्णु गुरुङ र मस्र्याङ्दी गाउपालिका वडा नम्बर ४ का अध्यक्ष सुमन गुरुङले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।
गुरुङको पारिवारिक अबस्था कमजोर भई उपचार नपाएको जानकारी पाएपछि कृषक जागरण साकोस स्यागेका कर्मचारीहरुबाट सहयोग संकलन शुरु गरीएको थियो । कार्तिक १४ गतेबाट शुरु भएको सहयोग संकलन कार्यक्रममा स्यागे टोलबाट ३० हजार संकलन भएको थियोे । त्यस लगत्तै सामाजिक संजालमा मनिराजको बारेमा पोष्ट हुन थालेपछि सहयोग रकम बढ्दै गएको हो ।
सामाजिक संजालबाट नै देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् । मनिराजको उपचारका लागि युके, अमेरिका, कतार, साउदी अरेबिया, मलेसिया, कुवेत, जापान, कोरिया लगायत देशहरुमा रहेका नेपालीहरु र देश भित्र रहेका नागरिकहरुले सहयोग गरेको हो ।
सहयोग स्वरुप बाघेता समाज युकेका सदस्यहरुबाट एक लाख ३५ हजार २१ रुपैया ७५ पैसा, स्यागे टोल सुधार समितीको अगुवाईमा ३ लाख ५८ हजार एक सय ८८ रुपैया ६२ रुपैया संकलन भएको थियो । यस्तै ताघ्रिङ घेर्मु साकोस एवं रामबजार काभ्रे आमा समूहबाट ७६ हजार ३ सय ३३, बाघेता युनाइटेड क्लबबाट ३५ हजार सहयोग संकलन भएको थियो ।
 
मनिराज गुरुङको घरको आर्थिक अबस्था कमजोर भएका कारण लडे पछि दुई महिना सम्म मात्र औषधी प्रयोग गरेको गुरुङको बुवा पंच गुरुङले बताउनुभयो ।
 
औषधी प्रयोग गर्न छाडेपछि गुरुङको दाहिने खुट्टा खुम्चन नमिल्ने गरी निस्कृय भएको अबस्थामा सहयोग प्राप्त भएको  भन्दै बुवा पंच गुरुङले खुशी ब्यक्त गर्नुभयो ।
मनिराजको उपचारको लागि आइतबार बाघेता समाज तथा पर्यावरण सुधार समितीको एम्बुलेन्स मार्फत  चितवन लगिने स्यागे टोल सुधार समितीका अध्यक्ष पदम गुरुङले बताउनुभयो ।
 
program schedule
कार्यक्रम शुरु
5.15AM - 5.30AM
भजनहरु
5.30AM - 6.00AM
कायाकैरन
6.00AM - 6.30AM
चौतारी खबर
6.30AM - 7.00AM
सुखद विहानी
7.00AM - 7.30AM
View all
PUBLIC POLL

Loading...