Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
मिलन साकोसको १० औँ साधारणसभा सम्पन्न, अध्यक्षमा पुन ः कतिला
 लमजुङको मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ३ खुदीबजारमा रहेको मिलन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः सूर्यप्रकाश कतिला चयन हुनुभएको छ । 
शनिबार भएको सहकारीको १० औं साधारण सभा तथा अधिवेशनले कतिलालाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनबाट सञ्चालक समितिको उपाध्यक्ष दुधमान तामाङ, सचिवमा उपेन्द्रराज पोख्रेल, सहसचिवमा देवी बस्नेत र कोषाध्यक्षमा ध्रुव रावललाई चयन गरेको छ । यस्तै सदस्यहरुमा कुमबहादुर तामाङ, गेहेन्द्र भण्डारी, मिठी भण्डारी, चेतबहादुर गुरुङ चयन हुनुभएको सहकारीका प्रबन्धक लेखमान कतिलाले जानकारी दिनुभयो ।,
सहकारीको लेखा समिति संयोजकमा देवी रावल र सदस्यमा उदयराम थापा र खेमराज पाण्डे चयन हुनुभएको छ । सहकारीको १० औं साधारणसभाको उद्घाटन गर्र्दै मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सहकारी राम्रोसँग सञ्चालन गर्न यसका ऐन नियम र नीतिको राम्रोसँग कार्यन्वयन हुन आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष गुरुङले विधिवत सञ्चालन हुने सहकारीलाई गाउँपालिकाबाट सहयोग तथा प्रवद्र्धनका कार्यक्रम गरिने र शुसाशनमा नरहेका सहकारीको अनुगमन गरि कारबाही गरिने बताउनुभयो ।
साधारणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेल, मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ३ का अध्यक्ष प्रेम बस्नेत, वडा नं. ९ का अध्यक्ष नारायणबहादुर थापा, लमजुङ उद्योग बाणिज्य संघ खुदी इकाईका अध्यक्ष विरेन्द्र भण्डारी, नरदेवी आमा समूहकी अध्यक्ष अमृता पोख्रेल, सहकारीका कर्मचारी पूर्णबहादुर थापा, मस्र्याङ्दी–३ को वडा सदस्य बविता मजाकोटी, शेयर सदस्य दुधमान तामाङलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सहकारीको उपाध्यक्ष देवी रावलले स्वागत मन्तब्य राख्नुभएको थियो ।
सहकारीले आर्थिक बर्ष २०७३÷०७४ मा ४६ करोड ७७ लाख २ हजार ५८८ रुपियाँको कारोबार गर्न सफल भएको अध्यक्ष कतिलाले बताउनुभो । सहकारीले सोही आर्थिक बर्षमा २८ लाख १८ हजार ३२४ रुपियाँ खुद मुनाफा गरेको सचिव उपेन्द्र पोख्रेलले जानकारी दिनुभयो । सहकारले आगामी आर्थिक बर्षमा बचत रकम १० करोड पु¥र्याउने र ऋण लगानी नौ करोड पु¥र्याउने लक्ष्य लिएको छ । 
 

 

program schedule
कार्यक्रम शुरु
5.15AM - 5.30AM
भजनहरु
5.30AM - 6.00AM
कायाकैरन
6.00AM - 6.30AM
चौतारी खबर
6.30AM - 7.00AM
सुखद विहानी
7.00AM - 7.30AM
View all
PUBLIC POLL

Loading...