Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
अर्चलबोट स्वास्थ्यचौकीद्धारा एम्बुलेन्स सञ्चालनमा
दोर्दी गाउँपालिका वडा नम्बर २ अर्चलबोटमा रहेको अर्चलबोट स्वास्थ्यचौकीद्धारा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।  साविकको अर्चलबोट गाविस हालको दोर्दीगाउँपालिका वडा नम्बर २ मा एमबुलेन्स सञ्चालनमा आएको हो । एम्बुलेन्स सेवाबाट अर्चलबोट क्षेत्रका अन्य वडाका बासिन्दा पनि लाभान्वित हुनेछन् । साविक अर्चलबोट गाविसले गत आव ७३÷७४ मा एम्बुलेन्स खरिदका लागी १४ लाख ४० हजार रुपैया रकम विनीयोजन गरेको थियो । दोर्दी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष गोविन्द अधिकारीको पहलमा १२ लाख ५ हजार ७ सय २३ रुपैयामा एम्बुलेन्स खरिद गरीएको अर्चलवोट स्वास्थ्य चौकीका अहेब कर्म लामाले जानकारी दिए । गाउँपालिकामा नै स्वास्थ्यचौकीले एम्बुलेन्समा सञ्चालन गरेसँगै अर्चलबोटका रामप्रसाद पौडेलले खुसी व्यक्त गरे । उनले भने एम्बुलेन्सको सेवा गाउँमा नहुँदा धेरैले अकालमै ज्यान गुमाउनुपथ्यो । अब गाउँमा नै एम्बुलेन्स सञ्चालन भएपछि उनीमात्र होइन स्थानिय सुनिता कुवंर पनि खुसी छन् । उनी भन्छीन् महिलालाई सुत्केरी हुदाँ एम्बुलेन्स सञ्चालनमा नआउँदा धेरै समस्या थियो । 
शनिबार औपचारीक कार्यक्रमको आयोजना गरी दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले एम्बुलेन्सको उद्घाटन गरेका हुन् । उद्घाटन गदै अध्यक्ष गुरुङले स्थानियले एम्बुलेन्सको सहि प्रयोग गर्नुपर्ने बताए । उनले गाउँका मानिस बिरामी हुदाँ साधन नहुँनाले धेरे समस्या भोग्नुपरेको स्मरण गदै भोलीका दिनमा त्यास्तो समस्या भोग्न नपर्ने बताए ।  कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाइँले स्थानियको आवश्यकतालाई मध्यनजर गरी एम्बुलेन्स सञ्चालनमा ल्याउनु खुसीको कुरा भएको बताए । उक्त एम्बुलेन्स अर्चलबोट स्वास्थ्यचौकीको नाममा खरिद गरीएको हो । 
 
program schedule
चौतारीमा बसीवियालो
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
View all
PUBLIC POLL

Loading...