Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
लमजुङमा निर्वाचन प्रसारप्रसार शान्तिपुर्ण ः सहसचीव भट्टराई
लमजुङमा निर्वाचन प्रचारप्रसार शान्तिुपुर्ण भएको बताइएको छ । मंसिर १० गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लमजुङमा अनुगमनको लागि आएकी अनुगमनकर्ता एवं निर्वाचन आयोगका सहसचिव मनमाया पंगेनी भट्टराईले जिल्लामा शान्तीपूर्ण रुपमा चुनाब प्रचारप्रसार भएको बताएकी छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यलय लमजुङले आयोजना गरेको आचारसंहिताको बारेमा जानकारी गराएको कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । उनले भनीन् ‘ जिल्लामा तडकभडक नभई शान्तीपुर्ण रुपमा राजनितकि दलले प्रचारप्रसार गरेका छन्’ यो सकारात्मक पक्ष हो ।   उनले राजनितीक दललाई निर्वाचनलाई सफल बनाउन आचारसंहिता पालना गर्न आग्रह समेत गरेकी छन् । 
      कार्यक्रममा निर्वाचन आचारसंहिता अनुगमन समितीका संयोजक एवं जिल्ला न्यायधिश मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आर्चायले आचारसंहिता अध्ययन गर्न सबैलाई आग्रह गरे । उनले जिल्लामा हालसम्म कुनै राजनितीक दलले आचारसंहिताको उलङघन नगरेको बताए । साथै उनले जिल्लामा शान्तिपुर्ण रुपमा राजनितीक दलले निर्वाचन प्रचारप्रसार गरेको उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले सुरक्षालाई मजबुद बनाएको बताए । उनले भने सुरक्षाको जिम्मा प्रशासनले लिने छ प्रचारप्रसारमा कुनै समस्या आउनेछैन । जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमील्सेनाले जिल्लामा चुनाबी अभियान संचालन भइरहदा कुनै समस्या सिर्जना नभएको बताए । कार्यक्रममा नेपाली काग्रेंसका सचिव हरिप्रसाद बराल, नेकपा एमालेका सचिव कृष्णप्रसाद अधिकारी, नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणी पौडेल, नया शक्ती पाटी लमजुङका जिल्ला संयोजक राजु थापा, उमेद्वारहरु, संचारकर्मीहरुको उपस्थिती रहेको थियो । उनीहरुले निर्वाचनका लागि जिल्लामा भएका गतिविधीको बारेमा जिज्ञाशा राखेका थिए । दलका नेताहरुले सबै दल आचारसहिंता भित्र रहेर प्रचारप्रसार गर्नुपर्ने बताएका थिए । 
 
 
 
program schedule
चौतारीमा बसीवियालो
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
View all
PUBLIC POLL

Loading...