Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
बदर मत रोक्ने उद्देश्यले बेसीशहरमा नमूना मतदान गरियो, जिल्लाका अन्य तिन ठाउँमा पनि गरिने
बेसीशहरको मुख्य बजारमा रहेको फूलबारी मञ्चमा सोमबार नमुना मतदान गरिएको छ । बजारका स्थानिय मानिसहरु लाइनवद्ध भएर पालैपालो मतदानमा सहभागीता जनाउँदै थिए भने मतदान स्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सुरक्षा सतर्कता अपनाउँदै मतदाताहरुको चेकजाँच गर्दै थिए । 
बाक्लो मात्रामा मानिसहरुको सहभागीताका साथैँ मतदात गरिरहेको दृश्यले बाटो हिड्ने सर्वसाधारण भुकिएका थिए भने मञ्च स्थलका स्थानियहरु अचम्मीत भएर उक्त स्थलमा ध्यान केन्द्रीत गर्दे थिए । निर्वाचन नजिकिएको र बदर मत कम गर्ने हेतुले जिल्ला निर्वाचन कार्यालय लमजुङले मतदातालाई चुनावमा भोट हाल्दा नझुक्किउन भनेर नमूना मतदान  गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 
मतदान गर्ने तौरतरिका सिकाउन नमूना मतदान गराइएको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आर्चायले जानकारी दिए । उनले नमूना मतदानले बदर मतको संख्यालाई न्यूनीकरण गर्न समेत सहयोग पुग्ने दावी गरे । नमुना मतदान अन्र्तगत प्रतिनिधि सभाको प्रत्यक्षका लागि हरियो रंगको मतपत्र र प्रदेशसभा प्रत्क्षयको लागि कालो रंगको मतपत्र प्रयोग गरिएको छ । 
समानुपातिकका लागि भने रातो रंगको एउटै मतपत्रमा तलमाथि क्रमशः प्रनितिधि सभा र प्रदेश सभाको लागि मतदान गर्नु पर्नेछ । जिल्ला निर्वाचन अधिकृत तुलसीप्रसाद तिमल्सीनाका अनुसार एकजना मतदाताले तीनवटा मतपत्रमा चार स्थानमा छाप लगाउनु पर्ने व्यवस्था गरिएको छ । 
मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचनका लागी गोरखामा १२३ मतदान स्थल र १६५ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये १८ मतदान स्थल अतिसंवेदनशील, ८० संवेदनशील र २५ सामान्य रहेका छन् । चुनावी सुरक्षार्थ जिल्लमा ९ सय ३९ म्यादी प्रहरी भर्ना गरिएको छ । लमजुङमा कूल एक लाख १५ हजार ४ सय ४९ मतदाता रहेका छन् । जसमा ५५ हजार ४ सय ७६ पुरुष र ५९ हजार ९ सय ७३ जना महिला मतदाता रहेका छन् ।
 
program schedule
चौतारीमा बसीवियालो
9.15PM - 10.00PM
चौतारी १० खबर
10.00PM - 10.15PM
View all
PUBLIC POLL

Loading...