Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
News & Events 1 2 3 4 5 6 ... »
बदर मत रोक्ने उद्देश्यले बेसीशहरमा नमूना मतदान गरियो, जिल्लाका अन्य तिन ठाउँमा पनि गरिने
बदर मत रोक्ने उद्देश्यले बेसीशहरमा नमूना मतदान गरियो, जिल्लाका अन्य तिन ठाउँमा पनि गरिने
Added on: 2017 Nov 13

बेसीशहरको मुख्य बजारमा रहेको फूलबारी मञ्चमा सोमबार नमुना मतदान गरिएको छ । बजारका स्थानिय मानिसहरु लाइनवद्ध भएर पालैपालो मतदानमा सहभागीता जनाउँदै थिए भने मतदान स्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सुरक्षा सतर्कता अपनाउँदै मतदाताहरुको चेकजाँच गर्दै थिए ।

बिस्तृतमा
लमजुङमा निर्वाचन प्रसारप्रसार शान्तिपुर्ण ः सहसचीव भट्टराई
लमजुङमा निर्वाचन प्रसारप्रसार शान्तिपुर्ण ः सहसचीव भट्टराई
Added on: 2017 Nov 13

लमजुङमा निर्वाचन प्रचारप्रसार शान्तिुपुर्ण भएको बताइएको छ । मंसिर १० गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लमजुङमा अनुगमनको लागि आएकी अनुगमनकर्ता एवं निर्वाचन आयोगका सहसचिव मनमाया पंगेनी भट्टराईले जिल्लामा शान्तीपूर्ण रुपमा चुनाब प्रचारप्रसार भएको बताएकी छन् ।

बिस्तृतमा
तनहुँ जलविद्युतलाई १०४ मेगावाटको अर्ध जलशाययुक्त आयोजनाको लाइसेन्स प्राप्त,
तनहुँ जलविद्युतलाई १०४ मेगावाटको अर्ध जलशाययुक्त आयोजनाको लाइसेन्स प्राप्त,
Added on: 2017 Nov 13

१४० मेगावाटको तनहुँ जलशाययुक्त जलविद्युत आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को अर्धजलशाययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको छ । कम्पनीलाई १०४ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत आयोजनाको लाइसेन्स दिइएको विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।

बिस्तृतमा
पहिलो चरण चुनावका लागि मतदाता परिचयपत्र मंसिर ८ र ९ गते वितरण हुने,
Added on: 2017 Nov 13

मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताको परिचयपत्र पहिलो चरणमा चुनाव हुने जिल्लामा मंसिर ८ र ९ तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते वितरण गरिने भएको छ । निर्वाचन आयोगका अनुसार गएको भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका, ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचयपत्र उक्त मितिमा सम्बन्धित मतदान केन्द्रबाट उपलब्ध गराइनेछ ।

बिस्तृतमा
अर्चलबोट स्वास्थ्यचौकीद्धारा एम्बुलेन्स सञ्चालनमा
अर्चलबोट स्वास्थ्यचौकीद्धारा एम्बुलेन्स सञ्चालनमा
Added on: 2017 Nov 12

दोर्दी गाउँपालिका वडा नम्बर २ अर्चलबोटमा रहेको अर्चलबोट स्वास्थ्यचौकीद्धारा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । साविकको अर्चलबोट गाविस हालको दोर्दीगाउँपालिका वडा नम्बर २ मा एमबुलेन्स सञ्चालनमा आएको हो । एम्बुलेन्स सेवाबाट अर्चलबोट क्षेत्रका अन्य वडाका बासिन्दा पनि लाभान्वित हुनेछन् ।

बिस्तृतमा
program schedule
नेपाल खबर
3.00PM - 3.15PM
I T चौतारी
5.00PM - 5.30PM
चौतारी खबर
6.30PM - 7.00PM
किताबका पानाहरु
7.00PM - 8.00PM
नेपाल दर्पण
8.00PM - 8.30PM
View all
PUBLIC POLL

Loading...