Get the Flash Player to see this player.
 
ON AIR: UP NEXT:
04:20:00 NST
News & Events « 1 2 3 4 5 6 7 8 9 10 ... »
लमजुङ–मनाङ जोड्न बैकल्पिक पदमार्ग निर्माण सुरु, सहजी–खुदी पदमार्गको उद्घाटन
लमजुङ–मनाङ जोड्न बैकल्पिक पदमार्ग निर्माण सुरु, सहजी–खुदी पदमार्गको उद्घाटन
Added on: 2017 Nov 07

चक्रीय अन्नपूर्ण पदमार्गमा मोटर गुड्न थालेपछि यसको विकल्पमा बैकल्पिक पदमार्ग निर्माण थालिएको छ । बेंसीसहरदेखि माथि उत्तरी भेग र हिमाली जिल्ला मनाङको तल्लो क्षेत्रका होटल ब्यवसायी बैकल्पिक पदमार्ग निर्माणमा जुटेका हुन् । लमजुङको बेंसीसहरदेखि खुदीसम्म सहजी–खुदी बैकल्पिक पदमार्ग निर्माण गरिएको छ । उक्त पदमार्ग सोमबारदेखि संचालनमा ल्याइएको छ ।

बिस्तृतमा
विषादी सेवन वाट ३५ वर्षिया थापाको मृत्यु
Added on: 2017 Nov 01

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर १ अर्चलबोटका अन्दाजी ३५ वर्षिया विष्णुवहादुर थापाको बुधबार विष सेवन गरि मृत्यु भएको प्रहरीले बताएको छ । घरझगडाका कारण विषादी सेवन गरेको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुशन्धान गरेको छ ।

बिस्तृतमा
खुट्टामा गम्भीर चोट लागि उपचार नपाएका रामबजारका मनिराज लागि सहयोग जुट्दै
खुट्टामा गम्भीर चोट लागि उपचार नपाएका रामबजारका मनिराज लागि सहयोग जुट्दै
Added on: 2017 Nov 01

खुट्टामा गम्भीर चोट लागेका मस्र्याङ्दी गाउपालिका वडा नम्बर ४ काभ्रे रामबजारका मनिराज गुरुङको उपचारमा समस्या देखीएको छ । ५ बर्ष अघि खेतमा काम गरी घर फर्कने क्रममा बाटोमा लडी दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । गुरुङ, खुट्टामा लागेको चोट उपचार गर्न डुम्रे पुगेका थिए । दुई महिना सम्म औषधी प्रयोग गरेपनि आर्थिक अबस्था कमजोर भएका कारण औषधी खर्च जुटाउन सकेन ।

बिस्तृतमा
कृषक जागरण साकोस अध्यक्षमा पुन ः घले
कृषक जागरण साकोस अध्यक्षमा पुन ः घले
Added on: 2017 Oct 30

लमजुङमा सञ्चालित देशकै ठूलो मध्येका एक कृषक जागरण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा पुनः प्रेम घले निर्वाचित हुनुभएको छ । आइतबार सदरमुकाम बेसीशहरमा सम्पन्न १५ औं बार्षिक साधारण सभाबाट घले अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बिस्तृतमा
छनौटमा परेका म्यादी प्रहरीका लागि आइतबारबाट तालिम शुरु, १२ दिनसम्म तालिम संचालन हुने
Added on: 2017 Oct 30

आवेदन दिन आएका २ हजार १३ जना म्यादीलाई छनौट गरेर तालिम दिन थालिएको छ । यसमा १ हजार ६६ जना छनौटमा परेका छन् । यसमा २ सय ६८ बैकल्पिकमा परेका छन् । बा“की अनुत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये धेरैजसो स्थानीय तह चुनावमा अनुभव बटुलिसकेका छन् भने केही ०७० को संविधान सभा चुनावमा म्यादी बनेका समेत छन् ।

बिस्तृतमा
program schedule
नेपाल खबर
9.00AM - 9.15AM
गुरुङ खबर
10.00AM - 10.15AM
चौतारी टकटाइम
11.00AM - 12.00PM
चौतारी खबर
12.00PM - 12.15PM
चौतारी खबर
2.00PM - 2.30PM
View all
PUBLIC POLL

Loading...